प्रधानमन्त्री ओलीद्वारा स्थगित स्थायी बैठक बोलाउने र पद छोड्ने दुबै माग अस्वीकार

काठमाडौं – प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।’

बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए खुमलटारमा प्रचण्डको ब्रिफिङपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार पुनः छलफल गर्नेबाहेक कुनै विषयमा सहमति हुन नसकेको आफूले बुझेको बताए ।

‘भोलि पुनः छलफल हुनेबाहेक अन्य उपलव्धि हुन सकेको देखिएन । ३ घण्टा बालुवाटार छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्