वडाध्यक्ष महरामाथि आक्रमण गर्ने ५ जनाले गरे आत्मआलोचना, पार्टीमा संलग्न नरहेको स्वीकार

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा केहि दिन अघि भएको विवादले नयाँ मोड लिएको छ । यहि साउन ११ गते विहान साढे ११ बजेतिर वडा कार्यालयमा वडा अध्यक्ष बहादुर सिँह महरामाथि भएको सांघातिक आक्रमणमा सहभागि नेपाल तरुण दलका केहि युवाहरुले आत्मआलोचना  गर्नुका साथै माफी मागेका छन् ।

आत्मआलोचना गर्नेमा आनन्द ठगुन्ना, नविन ठगुन्ना, कम्मान ठगुन्ना, बशन्त ठगुन्ना, लोकेन्द्र ठगुन्ना रहेका छन् । जसमा ५ जना स‌लग्न व्यक्ति थिए भने २ जना अभिभावक हुन् । कृष्णसिँह ठगुन्ना र नरेन्द्र ठगुन्ना अभिभावक हुन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का तरुण दलका सभापति नारद ठगुन्ना लगायतको समुहमा संलग्न केहि युवाहरुले आत्मआलोचना गर्दै विज्ञप्ती जारी गरेका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ “घटना भएको दिन महला नै गर्ने उद्देश्यका साथ वडा कार्यालयमा नै नभएको र त्यहाँ पुगेपछि एकाएक घटना घटेका हो र हामीहरु प्रहरी नियन्त्रणमा लिइयौँ । हामी प्रहरी हिरासतमा रहेको बेलाको मौका छोपी हाम्रा नाममा नेपाली कांग्रेस आवद्ध तरुण दलले हाम्रो पार्टी कार्यकर्ता भनी गरेको राजनीतिप्रति हामी खेद प्रकट गर्दछौँ ।” साथै ७ जनाले नै तरुण दलमा आवद्ध नरहेको र आगामी दिनमा पनि उक्त पार्टीमा आवद्ध नरहेने कुरा उल्लेख गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्