ओली–दहाल र खनाल बीच वार्ता सकियो, यस्तो भयो सहमति

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ४ नेताको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए ।

झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए । आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो ।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्