क्वारेन्टिनमा सर्पले डसेर युवकको मृत्यु भए पछि नगरपालिकाले ६ लाख दिने

प्रेम जोशी

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा नं.४ ले स्थपना गरेको क्वारेन्टिनमा सर्पले डसेर मृत्यु भएका युवकका परिवारलाई नगरपालिकाले ६ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

वडा नं.४ का २२ वर्षीय युवक भारतबाट आएर जेठ २६ गतेदेखि गौरीगंगा ४ स्थित सिद्धार्थ विद्या निकेदन राजिपुर क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो । उपचारको क्रममा उनको बिहीबार मृत्यु भएको गौरिगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताइन् ।
उपचारका लागि सुरुमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । तर, त्यहाँ भेन्टिलेटर सहितको बेड खाली नभएपछि नेपालगन्ज लगिएको हो । एक महिना देखि भेरी अस्पताल, नेपालगन्जमा उपचाररत युवकको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले विरोध जनाएका थिए ।
नगरपालिकाको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आन्दोलन सुरु भएपछि ६ लाख रुपैयाँ दिने सहमति भएको हो । उपचारमा लागेको ५ लाख बढि खर्च र १ लाख क्रिया खर्च भनेर दिने निर्णय सहमति भएको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्