गम्भीर घाइते जयन्ती अस्पताल बाट डिस्चार्ज, नौगाड गाउँपालिकाद्वारा एम्बुलेन्सको व्यवस्था

विष्णुसिँह बाेहरा

गत जेठ १६ गते जङ्गलमा बाख्रा चराउन गएको बेलामा ढुङ्गा खसेर गम्भीर घाइते भएर दुई वटै खुट्टा र हात टुटेकी शैल्यशिखर नगरपालिका वडा नं ४ रानीशिखर कांडापारी की १४ वर्षिया बालिका जयन्ती ठगुन्ना आज डिस्चार्ज भएकी छिन् ।
दार्चुला्मा उपचार हुन नसकेर सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । एक महिनासम्म प्रादेशिक अस्पताल धनगढीमा उपचार गर्दा पनि सम्भव नभएपछि उनलाई राष्ट्रीय ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको थियो ।
आर्थिक अभावमा उपचारमा कठिनाई भईरहेको बेलामा “गाउँ निर्माणमा हाम्रो पहल अभियान“ रानीशिखर काँडापारीले जयन्ती बचांऊ अभियान चलाई आर्थिक सहायता सङ्कलन गरेको थियो ।
विभिन्न व्यक्तित्वहरूबाट जयन्तीको लागी करिब तीन लाख जति रकम सङ्कलन भएको थियो । पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडुले अस्पताल मै पुगेर जयन्तीको लागी आर्थिक सहयोग गरेका थिए ।
जयन्तीको उपचारमा नियमित रूपमा पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुका स्वकीय सचिव केशर सिंह भण्डारीले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । जयन्तीलाई सुदूरपश्चिमका चर्चित युवा नेता जगदीश पालले पनि आर्थिक सहयोग गरेका थिए । बालहेल्प लाइन नेपालले पनि जयन्तीको लागि आर्थिक सहयोग गरेको थियो । करिब एक महिना जति राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भई निको भएपछि आजै जयन्ती ठगुन्ना लाई राष्ट्रीय ट्रमा सेन्टर काठमाडौंबाट डिस्चार्ज गरिएको छ ।
केही महिना घरमा आराम गर्दा जयन्ती पुर्ण रूपमा हिंडन सक्ने राष्ट्रीय ट्रमा सेन्टर काठमाडौंले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्