बाढीपहिरो पिडीतलाइ पाँचपोखरी थाङपाल गाउँपालिकाको दुई लाख

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बाह्रविसे नगरपालिका तथा भोटेकोशी गाउँपालिका आसपासमा आएको बाढीपहिरोको जोखिम तथा क्षतिको विषयमा शनिबार नगरपालिकाका प्रमुख निम फुन्जो शेर्पा तथा उपप्रमुख सुशीला पाख्रिन सँग छलफल गरेका छन् ।
बाह्रविसे नगरपालिका एवम भोटेकोशी नदी आसपासको जोखिम तथा विपत् व्यवस्थापन सम्बन्धमा छलफल भएको अध्यक्ष टासी लामाले जानकारी दिए । त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट बाह्रविसे नगरपालिकाका बाढी पहिरो पीडितलाई सहयोगस्वरूप दुई लाख रुपैयाको चेक हस्तान्तरण भएको छ ।सहयोग प्रती नगर प्रमुख शेर्पाले आभार प्रकट गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्