उमेर ढल्किदै गएपछि किन यौन इच्छामा कमि हुन्छ ?

जति जति उमेर ढल्कदै जान्छ, महिलामा यौन इच्छाको कमी हुँदै जान्छ । उनीहरु यौनमा उदासिन हुन थाल्छन् ।

हुन त शरीर बुढो भएपनि मन बुढो हुँदैन भनिन्छ । यौन इच्छा एक मानसिक अवस्थामा पनि निर्भर गर्ने कुरा हो । भलै यसमा शरीरले प्रभाव पारेपनि यौन इच्छा मनसँग बढी निकट छ । त्यसैले बुढो हुँदैमा यौन शक्ति घट्न सक्छ तर यौन इच्छामा कमी आउँदैन भन्ने आम धारणा छ ।

यद्यपि अधिकांश महिलाहरु उमेर बढ्दै जान्दा शारीरिक सम्बन्ध बनाउन रुची राख्न छाड्छन् । अर्थात उनीहरुलाई यौनमा रुची घट्न थाल्छ । किन होला ?

यसमा केही कारण छन् । जस्तो कि, उमेर ढल्किएपनि उनीहरुसँग पार्टनर हुँदैनन् । उनीहरु विधवा भएका हुनसक्छन् । त्यस्तै रजोनिवृत्तिसँग सम्बन्धित लक्षण, पार्टनरको खराब स्वास्थ्य र तनावग्रस्त सम्बन्ध । ‘मेनोपजः द जर्नल अफ द नर्थ अमेरिकन मेनोपज सोसाइटी’मा प्रकाशित एक अध्ययन अनुसार नियमित रुपमा शारीरिक सम्बन्ध बनाउने महिलाको रुचीमा उमेर सँगसँगै कमी आउन थाल्छ । र, रजोनिवृत्तिपछि शारीरिक सम्बन्धका आनन्द उठाउने महिलाको संख्या निकै कम छन् ।

यस अध्ययनमा रजोनिवृत्तिपछि महिलाको त्यस विषयमा निरिक्षण गरिएको थियो कि कुन किसिमको सम्बन्धमा घनिष्ठता, स्वास्थ्य र मनोवैज्ञानिक कारणले यी महिलाको यौन(अन्तरंग प्रभावित गर्छ ? नर्थ अमेरिकन मेनोपज सोसाइटीका चिकित्सक निदेशक स्टेफनी फ्युबियनले भनेका छन्, ‘उमेर बढेपछि त्यसका साथसाथै यौन स्वास्थ्य सम्बन्धी चुनौती महिलामा आम हो । साथै उनका पार्टनरले पनि महिलाको यौन गतिविधि र यौन सन्तुष्टिमा एक प्रमुख कारण बन्न सक्छ ।’

फ्युबियनले भनेका छन्, ‘यसबाहेक रजोनिवृत्ति सम्बन्धी समस्या जसतो कि शरीरको आन्तरिक भागमा सुखपान र सम्बन्ध बनाउँदा हुने पीडाले पनि यौन गतिविधिलाई प्रभावित बनाउँछ ।’

शोधकर्ताले रजोनिवृत्तिको क्रममा र त्यसपछि महिलामा शारीरिक सम्बन्धबारे किन रुची घट्छ भनेर अध्ययन गरेको थियो । अध्ययनका लागि केही जैविक कारकमाथि शोध गरिएको थियो । जस्तो कि, अचानक शरीरको तापमान बढ्नु, निद्रामा कमी, शरीरको भित्री अंगमा सुख्खापन हुनु ।

रजोनिवृत्तिपछि हुने मनोसामाजिक परिवर्तन यसको मूख्य कारण देखिएको छ । यसमा शरीरको बनावटदेखि अधिक सचेत हुनु, आत्मविश्वा र कथित वान्छनीयता, तनाव, मुडमा परिवर्तन र सम्बन्धसँग सम्बन्धित मुद्दा सामेल छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्