मनसुन सुरु भएदेखि दार्चुलामा पहिराेले ६ जनाको मृत्यु, १ बालक बेपत्ता

दार्चुला – दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का ११ घटना भएका छन् । ती घटनामा दुई पुरुष, एक महिला र एक बालिकाको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् भने दुई पुरुष, दुई महिला र दुई जना बालिका गरी छ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोका घटनामा दार्चुलामा आठ घरमा पूर्णरूपमा क्षति पुगेको छ । पहिरोबाट जिल्लामा नौ परिवार विस्थापित भएका छन् । नौँ वटै स्थानीय तहका दर्जनौ परिवार बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् ।
नौगाड गाउँपालिकामा मात्रै चार जनाले ज्यान गुमाएका छन् भने करोडौको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

शुक्रकार दार्चुलाको महाकाली नगरपालिका—२ बडालीगाउँमा सुख्खा पहिरो जादा नौगाड गाउँपालिका—२ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका हुन् ।
शुक्रबार बेलुकीे ४ बजे देखि बेपत्ता बालकको खोजिकार्य जारी रहेपनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्