आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

गाईघाट – आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोही वडा अध्यक्ष केशरकुमार खड्काले बताए । राति करिब ८ बजेको समयमा बन्दुक पड्केको आवाज सुनेर भेला भएका स्थानीयहरूले घरको आँगनमै उनलाई बन्दूकको गोली लागेर मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष खड्काले बताए ।
घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको वडा अध्यक्ष खड्काले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्