‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण

काठमाडौं – ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्