कैलाली कञ्चनपुरमा मल (युरिया) अभाव, धान उत्पादन घट्ने निश्चित

मुकेशप्रसाद जोशी, कञ्चनपुर

सुदूरपश्चिमका कैलाली कञ्चनपुर लगायत अन्य जिल्लामा धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान रोपेको महिना दिन भन्दा पनि बढी हुन लाग्दा समेत मल अभाव भएको शुक्लाफाँटा नगरपालिकाका स्थानीयले गुनासे गरे । उपहार खबरसँग कुरा गर्दै शुक्लाफाँटाका कृषकहरुले मल अभाव रहेको र कँहिकतैबाट उपलब्ध भएपनि बजार मूल्यभन्दा दोब्बर मूल्यमा खरिद गर्नुपरेको बताए ।

युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन् । विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन् ।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ । कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको अवस्था छ । मल नपाएपछि किसान यस वर्ष धान उत्पादन घट्ने बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्