भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड कायम, एकै दिनमा ४० हजार संक्रमित थपिए, जम्मा कति पुगे ?

काठमाडौँ – भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार नाघेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६७५ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या २७ हजार ५०३ पुगेको छ । भारतमा निको हुनेको संख्या पनि उलेख्य मात्रामा छ । ७ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्