दार्चुलाको नौगाडमा पहिरोले एक दर्जन घरमा क्षति, १ जना पुरिए, १ जना बेपत्ता, सतर्क रहन जिल्ला बासीहरुमा सांसद ठगुन्नाको आग्रह

दार्चुला – गएराति परेको अविरल बर्षाको कारण नौगाड गाँउपालिकामा गएको पहिरोमा १ जना पुरिएका छन् भने १ जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिकाको वडा नं. ६ बस्ने मानमति ठगुन्ना पहिरोमा च्यापिएका छन् भने सोही वडाका नं. आरती ठगुन्ना बेपत्ता भएकी नेकपाका केन्द्रीय सदस्य तथा दार्चुला बाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नाले जानकारी दिए ।

यस्तै नौगाड गाँउपालिका भरि एक दर्जन घर क्षति भएको जनाइएको छ । कतिपय पशु चौपायाहरु समेत पुरिएको हुनसक्ने अनुमान गरिएको छ । यस्तै जिल्लाका विभिन्न ठाँउहरुमा क्षति भएको र क्षतिको विवरण आउन बाँकि रहेको जनाइएको छ । उद्धारको लागि गाँउपालिका र प्रहरी टोली घटनास्थल पुगिसकेको सांसद ठगुन्नाले जानकरी दिए । साथै सांसद ठगुन्नाले राहत र उद्धारको लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सम्पुर्ण निकायहरुमा अनुरोध पनि गरेका छन् ।
बर्षाको संभावना अझै भएकाले जिल्ला बासीलाई सतर्कता अपनाउन समेत सांसद ठगुन्नाले आग्रह गरेका छन् । उनले भनेका छन् ‘बर्षाको संभावना अझै भएकाले जिल्ला भरिका सम्पुर्ण जनसमुदाय हरुमा उच्च सतर्कता अपनाउन समेत अनुरोध गर्दछु ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्