दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी

गणेशसिँह धामी, दार्चुला
दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।
असार २८ गते देखि चामल ढुवानी सुरु गरेको हेलिकप्टरले आज मात्रै सम्पुर्ण चामल ढुवानी गरिसकेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले बताए । अब प्रत्येक घरधुरीलाइ ९० किलोग्रामदेखि देखि १ क्विन्टल सम्म चामल बितरण गरिरहेको र केहि घर धुरिलाइ मात्रै बितरण गर्न बाकी रहेको अध्यक्ष बुढाथोकीले बताए ।

दार्चुलाको बिकट क्षेत्रमा भएको ढुवानी चार गुना महंगो भएको र स्थानीयलाई सक्दो राहत पुग्ने गरि वितरण गर्ने अध्यक्ष बुढाथोकीले बताएका छन् । खाद्यान्न ढुवानीमा पहल गरेर सहज वितरण गरेको भन्दै स्थानीयहरुले अध्यक्षको प्रशंसा गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्