दार्चुलाका केही विद्यालयहरुले गरे टोल–टोलमा विद्यार्थी सिकाइ सहजिकरण

गणेश सिंह धामी
दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा आउन नसकिने वर्तमान परिस्थितिमा नेपाल सरकारले वैकल्पिक शिक्षण सिकाइका उपायहरु अवलम्बन गर्न जारि गरेको निर्देशिका अनुसार विद्यालयहरुले शैक्षिक क्षति न्यूनीकरण गर्न सो कार्य संचालन गरेका हुन् । यसरि सिकाइ सहजिकरण कार्यमा मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । मास्क र सेनिटाइजर विद्यालय बाट निशुल्क उपलब्ध गराइएको हो । विद्यार्थी सिकाइ सहजिकरण कार्यक्रम संगसंगै छात्रवृत्ति वितरण पनि गरिदैछ ।

यस्तो कार्यक्रम हाल महाकाली नगरपालिकाका सबै विद्यालयमा, मालिकार्जुन र दुहु गाउँपालिकाका केहि विद्यालयले संचालनमा ल्याएका छन् भन् केहीले संचालनमा ल्याउने तयारी थालेका छन् । अहिले टोल टोल मा विद्यार्थी भेला गराएर सामाजिक दुरी कायम गरि पठन पाठन सुरु गरिएको रास्ट्रीय मा बी दत्तु का प्रअ तथा नेपाल शिक्षक संघ का दार्चुला जिल्ला अध्यक्ष राजेश सिंह सामन्त ले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्