कोरोना संक्रमण बृद्धिदरमा अमेरिकामा नयाँ रेकर्ड, एकैदिन ७५ हजार बढी संक्रमित थपिए

काठमाडौँ – कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ ।

बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड कायम गरेको हो । यसै महिना संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको यो सातौं पटक हो ।

संक्रमित संख्यासँगै सोका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको रोयटर्सले जनाएको छ । यो संख्या जुन यता उच्च संख्यामा पुगेको उसको विश्लेषण छ । यसमा अधिकाशं मृतक एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससबाट रहेका छन ।

यो महिना अमेरिकाका ५० मध्ये ३० राज्यको दैनिक संक्रमित संख्यामा रेकर्ड कायम भएको छ । फ्लोरिडा राज्यको संक्रमित संख्यालाई एक देशका रूपमा हेर्दा त्यहाँको संक्रमित संख्या विश्वको चौथो मुलुकजस्तो हुन आउँछ । अमेरिका, ब्राजिल र भारत हाल सर्वाधिक कोरोना संक्रमित भएको मुलुकमा हुन् । कोरोनाका कारण अमेरिकीहरू विद्यालय तथा व्यवसाय खोल्ने विषयमा बाँडिदै आएका छन् । योसँगै सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने सवालमा पनि उनीहरू विभाजित छन् ।

जबकी नविश्वका अधिकाशं स्वास्थ्य विज्ञहरूले कोरोना रोकथामका लागि सामाजिक दूरी र मास्क लगाउने कार्य प्रभावकारी रहेकोमा एकमत रहँदै आएका छन् । कोरोनाका कारण हालसम्म अमेरिकामा १ लाख ३४ हजार बढी मानिसको मृत्यु भइसकेको छ । बिहीबार भेटिएका ७५ हजार २ सय ५५ संक्रमितले गत शुक्रबार कायम भएको ६९ हजार ७०९ संक्रमित संख्यालाई उछिनेको हो । जुलाईमा प्रतिदिन औषतमा ५७ हजार ६ सय २५ जना संक्रमित भेटिएका थिए ।

अमेरिकाको कोरोनाविरूद्धको लडाईंको मोर्चामा अघ्रभागमा रहेर काम गर्दै आएका अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसअघि नै आवश्यक कदम र सावधानी नअपनाइए अमेरिकामा प्रतिदिन १ लाख बढी संक्रमित थपिने चेतावनी यसअघि नै दिइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्