कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु

FILE PHOTO

पोखरा – कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको प्रहरीले जनाएको छ । घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्