नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडाैँ  – सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो ।
छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिए । उनले अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन भने ।

अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी भएका थिए  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्