शैल्यशिखर नगरपालिका–६ मा ३ महिना देखि अवरुद्ध विद्युत सूचारु, गाउँ झिलिमिली

गणेश सिंह धामी
दार्चुला – शैल्यशिखर नगरपालिका–६ घट्टेखोला लघु जलविद्युत पुनः सूचारु भएको छ । २०७७ बैशाख २ गते राति परेको चट्याङका कारण विद्युत सेवा अवरुद्ध भएको थियो । झण्डै ३ महिना पछि विद्युत बलेपछि उपभोक्ताहरु खुसी भएका छन् । चट्याङका कारण विद्युतीय उपकरणहरुमा क्षति पुगेकोले मर्मत सम्भार गरी सोमबारबाट संचालनमा आएको हो । ७.५ किलोवाट क्षमाताको यस घट्टेखोला लघुजलविद्युतबाट ८५ घर धुरी लाभिन्वीत भएका छन् । विद्युत बलेपछि विद्यार्थीहरुको पठन–पाठनमा समेत सुधार हुने मालिकार्जुन मावि मिलिमिलीका प्रधानाध्यापक वीरसिंह खातीले बताए । विद्युत समितिका अध्यक्ष मोहनसिँह धामीको विशेष पहलमा विद्युत पुनर्निर्माण भएको हो ।
सोही दिन शैल्य शिखर नगरपालिका– ६ तिखाधारका राजेन्द्र खातीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरीको मृत्यु भएको थियो । परिवारको अरु सदस्यहरु घाइते भएका थिए । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेका थिए । घरभित्रका कपडा लगायतका अन्नहरुसमेत पुर्ण रुपमा नष्ट भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्