‘अयोध्या नेपालमा रहेको’ र ‘राम नेपाली राजकुमार थिए’ भन्ने प्रधानमन्त्री ओलीको दाबीको भाजपाद्वारा निन्दा

काठमाडौँ – एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ ।

भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ’राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ’चोट पु¥याउने आश्चर्यजनक कदम’ भनिएको छ ।

सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ ।

अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ’स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ ।

नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ । एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले ’रामका अनुयायीहरूलाई उत्तेजित पार्ने ‍देखिएको’ लेखिएको छ । स्रोत : बीबीसी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्