गुजरा नगरपालिकाको बजेट ४९ करोड

रौतहट – रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ । सोमबार सम्पन्न गुजराको पाँचौ नगरसभाको उदघाटन समारोहमा मेयर सन्तलाल चौधरीले कुल ४९ करोड ,५२ लाख, दुईसय ८० रुपैयाँको आव २०७७–०७८को लागि बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ २९ करोड ,७० लाख,१५ हजार, पुंजिगत तर्फ १९ करोड , ८१ लाख,८५ हजार ,दुईसय ८० रुपैया बिनियोजन गरेको छ ।

त्यसैगरी कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा ७३ लाख,९ हजार ,५ सय रुपैया ,सामाजिक क्षेत्रमा १५ करोड १ लाख ६ हजार नगरसभाले बिनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकासतर्फ १६ करोड ४ हजार सातसय ८० वातावरण तथा विपद ब्यवस्थापन तर्फ २ करोड रुपैयाँको लागि सिफारिस गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ८० हजार रुपैया विनियोजन गरिएको तथ्यांकमा उल्लेख रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्