“नेपालमा कोरोना महामारी र भद्रगोल क्वारेन्टिन”

जनवरीमा कोरोना भाइरसको सङ्क्रमण भएका पहिलो व्यक्ति फेला परेको नेपालमा अहिलेको अवस्थासम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या अत्यन्तै तीब्र गतिमा बढिरहेको छ। केही हप्तादेखी सङ्क्रमण पुष्टि हुने दर बढेको छ। अहिलेको नेपालको कुल जनसंख्याको आधारमा हेर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयले नेपाललाई ६७ औं स्थानमा राखेको छ । कोभिड-१९ बारे बिबरण निरन्तर रूपमा अद्दावधिक भइरहने हुंदा त्यो स्थान भने केही तलमाथि भइरहन्छ । गत साल छिमेकी मुलुक चीनको हुवाइ प्रान्तको वुहान शहरबाट सुरू भएको महामारी करिब २०० मुलुक र क्षेत्रमा फैलिसकेको अमेरिका स्थित जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ।नेपालसंग सयौं किलोमिटर लामो खुला सीमा भएको भारत अहिले सर्वाधिक प्रभावित मुलुकमध्ये चौथो स्थानमा छ । केही महिनादेखी नेपालमा प्रत्येक दिन सरदर ५०० जना नयां सङ्क्रमित फेला परिरहेका छन् । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढिरहेको छ।विश्वव्यापी रूपमा कोरोनाको तुलना गर्दा धेरै मुलुक फरक-फरक अवस्थामा छन् ।

कहीं सङ्क्रमण चरम बिन्दुमा पुगेर घट्न थालेको छ। कहीं लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको छ। हाम्रो मुलुकमा सङ्क्रमण बढ्दो चरणमा छ। नेपालमा विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको देखिन्छ। विश्वव्यापी रूपमा कोरोना भाइरसको सङ्क्रमण सहैभन्दा बढी अमेरिका मा देखिन्छ। सङ्क्रमितहरूको सङ्ख्याका आधारमा रूस दोस्रो स्थानमा छ। चीनको सङ्क्रमण फैलिने क्रम सुस्ताएको छ। सङ्क्रमितको हिसाबले हेर्दा चीन २१ औं स्थानमा छ। नेपालमा क्वारन्टाइनको अवस्था हेर्ने हो भने अत्यन्तै दुःखदायी अवस्था छ। केन्द्रीय सरकार देखी स्थानिय सरकार सम्मले क्वारन्टाइनको सही व्यवस्थापनका लागी करोडौं बजेट छुट्याएको भएपनि सरोकारवालाहरूले सही व्यवस्थापनको सट्टा बजेटको दुरूपयोग गरिरहेका छन् ।

क्वारन्टाइनको अवस्था पनि गाईगोठ जस्तै छ । अन्धाधुन्द मानिसहरूलाई क्वारटाइनमा कोचिएको छ । ४ लाख खर्च भएको स्थानमा १४ लाख खर्च सरोकारवालाहरू देखाइरहेका छन् । राहात पनि वास्तविक पिडित परिवारले भन्दा पहुंच वालाले प्राप्त गरिरहेका छन् । यत्रतत्र बलात्कारका घटनाहरू छरपस्ट भइरहेका छन् । क्वारन्टाइनको व्यवस्थापन सही तरिकाले हुन नसकेर सङ्क्रमण तिब्र गतिमा फैलिरहेको अवस्था छ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा बजेट जति कोरोना भाइरस को सङ्क्रमण व्यवस्थापनमा लागेको छ । विभिन्न कीटहरू देखी लिएर पिसिआर् मेसिन खरिद सम्म भ्रष्टाचार मौलाएको छ । कुनै कुनै मानिस खाना खान नपाएर आत्माहत्या गरिरहेका छन्।विभिन्न व्यापार देखी लिएर स्कुल कलेज सम्म यो महामारीले ठप्प पारेको छ । सबैलाई आत्मनिर्भरता के हो ? भन्ने महत्वपुर्ण पाठ पनि यो महामारीले सिकाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्