धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका प्रमुख मेसु डा‍क्टर हेमराज पाण्डेका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ जनामा कोरोना पुष्टि भएको हो ।
डोटीको आदर्श गाउँपालिकाका २, दीपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी कञ्चनपुरको पुनर्वासका ३ र बेलौरीका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्