गोरखाका ५२ कोरोना सङ्क्रमित डिस्चार्ज

काठमाडाैँ – गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् । जसमा दुई जना महिला र १९ पुरुष रहेका छन् ।

डिस्चार्ज हुनेहरूमा भीमसेन थापा गाउँपालिकाका ११, पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाक ३/३ गाेरखा नगरपालिकाका दुई जना हुनुहुन्छ । यसरी अजिरकोट र बारपाक सुलिकोटका एकरएक जनाको पनि दोस्रो पीसीआर रिपोर्ट नगेटिभ आएको छ । उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित घर पठाइएको र बाँकी ३५ जना भने यसअघि विभिन्न समयमा घर गइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्