मालिकार्जुनमा भारतीय पेन्सन लिनेहरु समस्यामा, पेन्सन लिनको लागि सहजीकरण गरिदिन जिप्रकालाई अध्यक्ष धामीको आग्रह

गणेश सिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिकामा भारतीय पेन्सन लिने हरु प्रभावित भएका छन् । कोरोना भाइरसको काराण देश लकडाउनमा हुँदा र सीमा नाका बन्द भएका कारण उनीहरुले पेन्सन लिनबाट बञ्चित भएका छन् । मालिकार्जुन गाउँपालिकामा भारत सरकारको विभिन्न निकायमा कार्यरत रहि सेवा निवृत्त भएका १२० जना छन् । पेन्सन बुझ्न समस्या भएपछि उनीहरुले दैनिक जीवन चलाउन समस्या भएको गुनासो गरेका छन् । गुनासो पश्चात गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पेन्सन लिनको लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्