गुल्मीको मल्दीमा पहिरोले घर बगाउँदा १८ महिने बालककाे मृत्यु, ५ जा घाइते, एक बेपत्ता

गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । यसैगरि पाँच जना घाइते भएका छन् भने एक जना वेपत्ता भएका छन् ।
गुल्मीका बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो ।

यस्तै सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् । ईश्वरी खत्री भने गम्भीर घाइते छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
गुल्मीको मुसीकोट नगरपालिका–२ मा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । मुसीकोट नगरपालिका–२ राताचौर बस्ने जनक केसीको घर पहिरोले भत्काईदिँदा उनको ५ जनाको परिवार विस्थापित भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्