शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण

मुकेशप्रसाद जोशी, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ ।
नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा नगर क्षेत्रका वडा नं. २, ३, ४ मा कृषियोग्य जमिन कटानी गर्नुका साथै अन्य भौतिक क्षति गर्न लागेको भन्दै तटबन्ध निर्माण गरिन लागेको हो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कञ्चनपुरले उक्त तटबन्ध निर्माण गर्न लागेको हो ।
तटबन्ध निर्माण भएसगै तीनै वडाका करिब हजार परिवार कटानीबाट जोगिने र डेढदेखि दुई हजार विगाह जमिन कटानबाट जोगिने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्