मेलम्चीमा आइपुग्यो सहल, प्रति केजी २ सय रुपैयाँ दिने नगरपालिकाको घोषणा

सुशिल सुवेदी, सिन्धुपाल्चाेक

मेलम्ची नगरपालिकाकाे वडा नं ९ मा सलह देखिएकाे छ । थोरै संख्यामा देखिएपनि सहलले बाली खान थालेको छ । स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको किसान चिनबहादुर तामाङले बताए ।

यसैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी रु. २ सय रुपैयाँ दिने घोषणा गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

किसानहरुका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । यसअघि मेलम्ची भेगमा थाङपालधाप, पाल्चोकमा पनि सहल देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्