सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडाैँ – सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि भएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका ७२ महिला र २ सय ४८ पुरुष गरि जम्मा ३ सय २० जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ४० महिला र १२५ पुरुष गरि १६५ जना संक्रमित भएका छन भने डोटीका १० महिला र ४८ पुरुष गरि ५८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । यसैगरी बझाङका ११ महिला र २४ पुरुष गरि ३५ जनामा कोरोना पुष्टि भएको छ भने अछामका ५ महिला र २६ पुरुष गरि ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी कञ्चनपुरका ६ महिला र २५ पुरुष गरि ३१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुुरुष गरि १४ हजार ५ सय १९जम्मा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्