“जनमतको दुरूपयोगमा नेकपा”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गत चुनाव जित्नका लागि गठबन्धन बनाएर निर्माण भएको मुलुक को मुख्य राजनीतिक दल हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा भएको हो । जनयुद्ध सञ्चालन गर्दै सत्तामा पाइला टिकेको माओवादीको इतिहास हेर्ने हो भने अलि भिन्न छ । जनयुद्धको बेलामा नेपाली जनतालाई अनेकौं प्रलोभन देखाइ मिठामिठा कुरा गरेर सत्तामा पुग्न सफल भएको पार्टी माओवादी हो । भारतबाट परिचालित जनयुद्धको बेलामा तिनै नेकपा एमालेका कार्यकर्ता र नेपाली जनता लाई बिना गल्ति घाँटी निमुटेर बिभत्स तरिकाले हत्या गरेको माओवादीसँग नेकपा एमालेको बैचारिक एकता कदापी सम्भव छैन । बाध्यताको कारणले एकतामा प्रवेश गरेको भएपनि त्यो एकता लामो समयसम्म टिक्न सक्ने स्थितिमा छैन । माओवादी पार्टी पहिलेपनि आफै दर्जौनौं टुक्रामा बिभाजित पार्टी हो । माओवादी पार्टीमा नै मुलुक को विकास र समृद्धिका लागि बलियो एकता थिएन । जनयुद्धका एक प्रमुख नेता डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरी अहिले भिन्न राजनीतिक दलमा आबद्ध छन् । यस्तै जनयुद्धका गुरू मानिने मोहन वैद्य किरणले पनि माओवादी पार्टी परित्याग गरी अहिले भिन्न राजनीतिक दल खोलेर बसेका छन् ।
युवाहरूको आवाज बुलन्द गर्ने एक विप्लव पनि अहिले भिन्न राजनीतिक दल खोलेर बसेका छन् । विप्लवको पार्टीलाई त सरकारले अझ भनौं आफ्नै पुर्व सहयात्रीले प्रतिबन्ध लगाएका छन् । बिभिन्न राजनीतिक खिचातानी भएको माओवादी पनि पटक पटक सरकारमा गएकै तर जनतालाई दिएका सपना त पुरा गर्न सकेनन् । झन्डै झन्डै आफ्नो अस्तित्व समाप्त भइसकेको प्रचण्डको पार्टी एमालेसंग मिल्दा मात्रै अस्तित्व जोगिएको हो । माओवादीलाई नेपाली जनताले विश्वास गर्न छोडि सके । एकाइसौं शताब्दीको माओवाद सिद्धान्त मान्ने माओवादी र जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलिय जनवादको सिद्धांत मान्ने एमाले बिच शारिरीक एकता भएपनि मानसिक एकता भएको छैन । सम्भवत मानसिक एकता हुन मुस्किल छ ।
किनकी नेकपा मुलुकको समृद्धि र विकास भन्दा पनि आफ्ना आसेपासे र झोलेहरूको समृद्धि र विकासमा नेकपा नेता कस्सिएर लागेका हुन्छन् ।नेकपा एमाले को इतिहास हेर्ने हो भने पुष्पलालले स्थापना गरेको पार्टीमा मदन भण्डारी ले तागत दिए । उनले जनताको बहुदलिय जनवादको सिद्धांत प्रतिपादन गरेर नेपाली जनता र मुलुकको भाग्य र भबिष्यका निम्ति एउटा स्पष्ट खाका कोरे पनि त्यो खाकामा अडिक रहन अहिलेका नेता कमजोर साबित भएका छन्।सरकारको नेतृत्व गरिरहेको बेला मनमोहन अधिकारीले लोकप्रिय काम गरेर नेपाली जनता लाई ठुलो गुन लगाएका थिए । त्यही गुन नेपाली जनताले अहिलेको नेकपा लाई तिरेका हुन् । अहिलेका जीवित सबै बरिष्ठ नेकपाका नेताहरूले सरकारको नेतृत्व गरेकै हुन् । तर जनतालाई के गुन लगाउन सके त ? गुन लगाउन सके त प्रचण्डले आफ्नो बुहारीलाई खानेपानी मन्त्री, जेठी छोरीलाई महानगर मेयर, कान्छी छोरीलाई स्वकीय सचिव, भाईलाई प्रदेश नेकपा अध्यक्ष, आसेपासेहरूलाई राजदुत बनाए । आखिर नेपाली जनताका लागि प्रचण्डले सत्र हजार निर्दोष नेपाली जनता मार्नु बाहेक के काम गरे त ?
अर्का नेता वर्तमान प्रधानमंत्री केपी शर्मा ओलीले सालोलाई महानगर मेयर, सालीलाई राजदुत, आसेपासे अयोग्यता भएका गन्तव्यहीन नेता लाई मन्त्री बनाउन बाहेक के काम गरे त ? झापा विद्रोह मच्चाउने खडक ओलीले आंखिरमा नेपाली जनतालाई चुनावमा उखान टुक्का हान्ने बाहेक केही गर्न सकेका छैनन् । महाकाली जस्तो राष्ट्रघाती सम्झौता का मुख्य केपी ओलीले नै कालापानी,लिपुलेक र लिम्पियाधुराको बिबाद उत्पन्न गरेका हुन् । सत्र हजार निर्दोष नेपाली जनताको रगतले प्रचण्डलाई सरापिरहने छन् । नेपाली जनताको समृद्धि र विकास गर्छु भनि हिडेका नेताहरूले आफ्नो विकास र समृद्धि बाहेक केही गर्न सकेका छैनन् ।
अलि अलि गरेपनि सत्ता टिकाउनका लागि मात्रै गरेका हुन् । अलि अलि पनि गरेनन् भने त सत्ता टिकाउन मुस्किल हुन्छ । माधव नेपाल झलनाथ खनाल, बामदेव गौतम, भीम रावलले पनि सत्तामा पुगेकै नेता हुन् । सत्ता बाहिर हुदा चर्का कुरा गर्ने यी नेताहरूले पनि नेपाल र नेपाली जनताका लागि केही गर्न सकेका छैनन् । सत्ताका भोकी यी नेताहरू सत्तामा पुगेपछी कानमा तेल हालेर बस्छन् । गत चुनावका बेला बिभिन्न जन आश्वासन दिएको नेकपाले केही पनि पुरा गर्न सकेको छैन । नेकपाको काम गराई देखेर नेपाली जनता हैरान भइसकेका छन् । मन्त्री फेर्ने र भ्रष्टाचार गर्ने बाहेक केपी ओलीको अन्य कुनै काम नै छैन । जनतालाई जुन सपना नेकपाले बांडेको थियो, त्यही सपनालाई विश्वास मानेर नेपाली जनताले नेकपालाई अत्यधिक बहुमतले सत्तामा पुगाए । बिडम्बना आज तिनै गरीब, दुःखी नेपाली जनता यो महामारीका बेला खाना नपाएर भोकसंग जुधिंरहेका छन् । तै पनि सरकार मौन छ । जनताका मुद्दालाई सम्बोधन गर्ने भन्दा पनि सरकार र नेकपा राष्ट्घाती एम् सी सी सम्झौता पास गर्ने कसरत मा छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको सहित को नेपाल को वास्तविक नक्सा जारी गरेर सरकार ले नेपाली जनताबाट स्याबासी पाए पनि त्यो भूमि फिर्ता गर्न भने फलामको चिउरा चपाए जति कठिन छ ।
पछिल्लो राजनीतिक घटना क्रम हेर्दा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको वास्तविक नक्सा जारी गरेपश्चात भारतले आफुलाई सत्ता बाट हटाउन खोजेको र आफ्नै दलका नेताहरू त्यो कसरतमा लागि परेका भन्ने प्रधानमंत्रीको गैर जिम्मेवारपुर्ण अभिव्यक्तिले अहिले नेपालको राजनीति तातेको छ । धेरै जसो मानिसले केपी वलीको त्यो अभिव्यक्ति लाई सत्ता टिकाउने मसला हो भनेका छन ्। नेकपाको स्थायी कमिटी जारी रहदा सचिवालयका मुख्य पांच शीर्ष नेता प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायणकाजीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन खपिनसक्नु दबाब केपी ओलीलाई दिएका छन् । यो सामुहिक रूपमा राजनीमाको माग गरिएको पहिलो पटक हो ।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबाट नेकपाका शीर्ष नेता चिडिएका छन् । ओलीलाई आफ्नै पार्टीबाट अविश्वास हुदै छ । पार्टीका शीर्ष नेताहरूले ओलीलाई पार्टी र जनता को हीत विपरीत आफ्नै ढङ्गले हिनिरहेको हुनाले अब ओली दम्भ, अहङ्कारको अन्त्य गर्नु पर्ने बताएका छन् । एकातिर यो भइरहदा झापा कि एकजना महिलाले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि आवेदन दिएकी छिन् । पार्टीमा यो बिषय मा पनि बहस चलिरहेको छ । पार्टी अध्यक्ष प्रचण्डले त्यो बिषय कतै पार्टी कै नेता हरूले त होइनन् भनेर प्रश्न गरेका छन् ।ओली अहिले ठुलो सङ्कट मा छन् । स्थायी कमिटी कै सत्र जना सदस्यले पनि ओलीको राजिनामा माग गरेका छन ्। ओलीलाई आफ्नै पार्टी बाट अविश्वासको बादल मडारिएको छ ।
मुलुक सङ्कटमा रहेको बेला मुलुकको कार्यकारी जस्तो व्यक्तित्व सङ्कट पर्नुले नेपाली जनता पक्कै पनि निराश भएका छन् । पार्टी ले ओली को विकल्प खोजिरहदा नेपाली जनता भने ओलीको स्थानमा जो आएपनि उस्तै हुन् भनेका छन् । बरू अहिलेको यो सङ्कटको घडिमा ओलीको विकल्प भन्दा पनि मुलुकको भाग्य र भबिष्यका निम्ति काम गर्नु पर्ने नेपाली जनता को भनाई छ । ओलीको विकल्प पक्कै पनि नेपाली जनता सहमत छैनन् । पार्टीको गतिविधि देखेर पार्टी का तल्लो तहका कार्यकर्ताहरू बढी निराश छन् । यस्तै स्थितमा पार्टी रहने हो भने नेकपा फुट्ने निश्चित छ । यदि नेकपा फुट्यो भने तल्लो तहका कार्यकर्ताहरूको रूवाबासी चल्ने छ । गाऊंमा मुख देखाउने स्थित पनि नरहने पक्का छ ।
किनभने पार्टीका तल्लो तहकाका कार्यकर्ताहरू पार्टीका शीर्ष नेताको आडमा गाऊंका निमुखा गरीब जनताको रगत चुस्न पाएका छन् । यदि पार्टी फुट्यो भने रगत चुस्न मिल्दैन । जननेता मदन भण्डारीको बाटो बिराएको पार्टी र सत्र हजार निर्दोष नेपाली जनतालाई घांटी रेटी हत्या गरेको पार्टी अब नेपाली जनताको आंखामा बिरानो लाग्न थालेको छ । जननेता मदन भण्डारीका हत्यारा पत्ता लगाउंछु भन्ने ओली त्यतिवेला मदन भण्डारी हत्या छानविन आयोगका अध्यक्ष थिए । भण्डारी कै पत्नी मुलुक को सर्वोच्च पदमा आसिन छिन् । यस सुनौलो बखतमा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने पार्टी नेपाली जनताको विकास र समृद्धि गर्छ भन्नु महान मुर्खता हो ।
नेपाली जनताको अत्यधिक मतको दुरूपयोग गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले भ्रष्टाचार गरिरहेको छ । मुलुकको विकास र समृद्धि मा पटक्कै ध्यान गएको छैन । नेकपा मुख्यतः कसरी कमाउने भन्नेमा केन्द्रीत छ । नेपाली जनतालाई ठग्ने, ढांट्ने, चुस्ने बाहेक नेकपाले केही गर्न सकेन । सपना ठुला ठुला गर्ने नेकपा काम भन्ने एउटा पनि नगर्ने सत्ता को भोको विलास मात्रै गरिरहेको छ । सरकारका मन्त्री देखी लिएर राष्ट्रपति सम्मका व्यक्तित्वका लागि विलासिताका करोडौं मुल्य पर्ने सामान खरिद गरिरहेको छ । नेपाली जनता कोरोना महामारीबाट खान नपाएर दिनानुदिन आत्माहत्या गरिरहेका छन् । सुनौलो अवसर नेकपाका लागि इतिहासका पानामा मात्रै सिमित हुने भयो । स्वर्णिम युगको विस्तार गर्नु पर्ने बेलामा नेकपा आन्तरिक कलहमा रूमल्लिएको छ । यसबाट नेपाल र नेपाली जनतालाई बिल्कुलै फाइदा हुदैन ।फाइदा हुन्छ त केवल प्रचण्ड, ाधव, झलनाथ,बामदेव र श्रेष्ठलाई मात्रै हुन्छ । नेकपा देखेर नेपाली जनता दिक्क भइसकेका छन् । अब मुलुकको विकास र समृद्धिका लागि जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यबस्था लागु गर्नु पर्छ । यो व्यबस्था लागु गर्यो भने मात्रै मुलुक ो भाग्य र भबिष्यका निर्माण हुन्छ । नत्र यही बिधिमा सत्ता चलाउने हो भने नेताले जनता को रगत र पसिना चुस्न बाहेक सिन्को भाँच्न सक्दैन । मेरो अग्रिम शुभकामना छ, नेकपा आन्तरिक कलहबाट दुर रहेर अबको अढाई बर्ष मुलुकको भाग्य र भबिष्यका निम्ति काम गरोस् ।

लेखक : बिष्णु सिंह बोहरा

ठेगाना : रानीशिखर, काँडापारी दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्