काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई अपराह्न ३ः४५ बजेभित्र उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर हरेक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तय गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको हो ।
यसैबीच सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक पनि जेठ १५ गते शुक्रबार बेलुकी ५ः३० बजे बस्ने जानकारी दिनुभएको छ ।






