आजबाट शेयरबजार कारोबार सञ्चालनमा आएपनि पहिलो दिन १२.७८ अंक झरेर बन्द

आजबाट शेयरबजार कारोबार सञ्चालनमा आएपनि पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ । लकडाउनपछि बीचमा दुई दिन बन्द भएपछि पहिलोपटक खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर पुनरागमन गर्दै १२.७८ अंकले घटेर बन्द भएको हो ।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटेपछि बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार रोकियो । यसपछि पुनः खुलेको सेयर बजार परिसूचक नेप्से १२.८७ अंकले घटेर ११८८.७१ अंकमा आइ रोकिएको हो ।

आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ ।

८ समूहको सूचक ओरालो लागेको छ । सोमबार जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २३७.७२ अंकले बढेको छ । निर्जीवन बीमा समूहको सूचक १०१.४६ अंकले घटेको हो । बैंकिङ २५ अंकले घटेको छ ।

होटल साढे २६, विकास बैंक ६३, जलविद्युत १३ अंकले घटेको छ । निर्जीवन बीमा कम्पनी पनि १०१ अंकले घटेको छ । आज सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्ट, गुलविल फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल लाइफ, अरुण कावेली पावरलगायत कम्पनी रहे । सर्वाधिक मूल्य घट्नेमा भने स्वाभलम्बन लघूवित्त, नेपाल रिइन्स्योरेन्स, आशा लघुवित्तलगायत छन् ।

अनलाइन खबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्