रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयाे

काठमाडाैँ- रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५० वर्षीय टेक बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट बुटवलतर्फत जादै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको रामापुर कलौली नजिक शान्तिटोलमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्