भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख ९ हजार

FILE PHOTO

भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या एक हप्ता मै ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । २० जुनमा संक्रमितहरुको संख्या ४ लाख पार गरेको थियो । भारतमा कोरोना भाइरस संक्रमणको पहिलो केस जनवरी ३० मा देखिएको थियो ।
११० दिनपछि अर्थात मे १० मा यो संख्या बढेर १ लाख भएको थियो । पछिल्ला दिन संक्रमणको गति यति बढेको छ कि १५ दिनमै संक्रमितको संख्या २ लाख नाघ्यो । यसपछि संक्रमितहरुको संख्या २ देखि ३ लाख हुन १० दिनमात्र लाग्यो । त्यसपछि ३ देखि ४ लाख पुग्न ८ दिन लाग्यो भने ४ देखि ५ लाख संक्रमितको संख्या पुग्न ६ दिन लाग्यो ।
भारतमा अहिलेसम्म १५ हजार ६ सय ८९ संक्रमितहरुको मृत्यु भैसकेको छ । संक्रमितको संख्याका आधारमा भारत विश्वको चौथो नम्बरमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्