१० अस्पतालका प्रयोगशालालाई काेराेना परीक्षणको अनुमति-सूचिसहित

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप १० अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो । यसअघि उपत्यकासहित सातै प्रदेशका २३ अस्पतालमा पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए ।
पछिल्लो समय संक्रमित संख्या बढ्दै गएको र देशभरका प्रयोगशालामा नमुना धेरै समय रोकिएपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालालाई परीक्षणको अनुमति दिएको बताइएको छ ।

थपिएका थप प्रयोगशाला

मेची अस्पताल

डडेल्धुरा अस्पताल

दैलेख अस्पताल

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

सशस्त्र प्रहरी अस्पताल

पाल्पा अस्पताल

धौलागिरी अस्पताल

धनकुटा अस्पताल

वीरेन्द्र प्रहरी अस्पताल

नेपाली सेना अस्पताल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्