आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेपछि खाेजी गरिदैँ

दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना राती भागेको स्थानीय प्रशासनले बताएको छ ।
आफूहरूलाई सेवा सुविधा नदिएको भन्दै सङ्क्रमितहरू आइसोलेसन अस्पतालबाट भागेका हुन ।
९२ जना सङ्क्रमित रहेको आइसोलेसन अस्पतालबाट ६३ जना कोरोना सङ्क्रमित भागेको र अरू त्यही आइसोलेसन अस्पतालमै रहेका छन ।
केहि व्यक्ति आइसोलेसन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्