नेपालको धेरै चट्याङ पर्ने ठाउँहरु, चट्याङबाट कसरी बच्ने ?

विज्ञहरूका अनुसार नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ । बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञहरु बताउछन् ।
ती ठाउँहरु हुन झापा र मोरङ । जुन संसारकै मानचित्रमा हेर्दा पनि तेस्रो बढी प्रभावित क्षेत्रमा लिन सकिन्छ । त्यसपछि चुरेक्षेत्र बढी प्रभावित देखिन्छ । यद्यपि मृत्यु हुने मानिसको सङ्ख्याका हिसाबले चुरेक्षेत्र नै बढी प्रभावित देखिएको छ । नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ ।

तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन् । मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने गर्दछ । विज्ञहरूका अनुसार चट्याङको आवाजले कानका जाली फुट्ने र मानिसहरू घाइते हुने पनि गर्छन् ।

चट्याङबाट बच्ने उपाय

  • ठूलो भवन अथवा कारभित्र आश्रय लिनुहोस्
  • फराकिला, खुला ठाउँ तथा नाङ्गा डाँडाकाँडामा नजानुहोस्
  • अग्ला र एकाध रूख भएको ठाउँमा आश्रय नलिनुहोस्
  • यति आश्रय लिने उपयुक्त ठाउँ नभेटिए भुइँमा घोप्टिएर पैतला जोडी हात घुँडामा राखेर टाउको लुकाउनुहोस्
  • यति तपाईँ पानीमा वा खुला समुद्री तट अथवा नदी किनारमा हुनुहुन्छ भने यथाशक्य बाहिर सुरक्षित स्थानमा जानुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्