नौगाड गाउँपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापनमा १ करोड ५३ लाख खर्च

गणेशसिंह धामी
दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले चालु आर्थिक वर्षमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं व्यवस्थापनमा १ करोड ५३ लाख १५ हजार ७ सय ९५ रुपैँया खर्च भएको बताएका छन् ।
गाउँपालिकाले चार वटा हेल्थ डेस्क व्यवस्थापनमा कुल १० लाख ८६ हजार ५ सय २० रुपैँया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, धनगढी लगायतका क्षेत्रबबाट उद्धारमा १० लाख ६८ हजार ६ सय ७० रुपैँया, क्वारेन्टाइन व्यवस्थापनमा ५४ लाख ५६ हजार ८ सय ९६ रुपैँया, औषधी खरिद, स्वास्थ्य सामग्री खरिद लगायतमा ८ लाख ४ हजार ८ सय ४२ रुपैँया, दार्चुला, बैतडीका नाका भएर घर फर्किएका नौगाडका मजदुरको उद्धारको लागि ११ लाख ५७ हजार ५ सय रुपैँया, मास्क खरिद निर्माण लगायतमा ४ लाख ८५ हजार ५ सय १८ रुपैँया, जिल्लाबाहिर रहेका विद्यार्थीहरुलाई राहत वितरण अन्तर्गत ३ लाख ५१ हजार रुपैँया, गाउँपालिकाभरी राहत वितरणमा ३७ लाख ५९ हजार ८ सय ४९ रुपैँया खर्च भएको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्