कैलालीको गौरीगंङ्गा नगरपालिकाको आगामी बर्षको बजेट ७९ करोड ४० लाख

प्रेम जोशी
कैलाली – गौरीगंङ्गा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७९ करोड ४० लाख ६३ हजारको बजेट ल्याएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको हो । आठौं नगर सभामा नगर उपप्रमुख अंचला चौधरीले नगरपालिकाको आगामी बर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालु खर्च जेष्ठ मसान्तसम्म तर्फ ३५ करोड ९८ लाख १३ हजार हुदा ४९.९८ प्रतिशत खर्च भएको छ । चालू बर्षका लागि ७० करोड ४० लाख प्रस्तावित बजेट रहेकोमा जेष्ठ मसान्तसम्म ५८ करोड २१ लाख ५५ हजार आम्दानी भएको छ ।

२०७७÷०७८ को बजेटमा आय तर्फ आन्तरीक आय ५ करोड ८८ लाख ९७ हजार , बित्तिय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व वाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय , सशर्त अनुदान २१ करोड ६२ लाख, संघीय समपुरक अनुदान ३करोड ४लाख, प्रदेश सरकार समपुरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार बिशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्