मालिकार्जुन गाउँपालिकाले ल्यायो ४७ करोड १९ लाखको बजेट, कृषि, पशुपालन र पर्यटन प्राथमिकतामा

गणेश सिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिकाले ४७ करोड १९ लाख ७ हजारको बजेट गाउँसभामा प्रस्तु गरेको छ ।
बुधबार आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीको अध्यक्षतामा बसेको गाउँसभा बैठकमा ४७ करोड १९ लाख ७ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

बैठकमा आर्थिक वर्ष २०७६/७७ को समिक्षा, गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको अध्यक्ष धामीले बताए । गाउँपालिकाले कोराना भाईरस (कोभिड –१९) को न्युनिकरण गर्न मुख्य प्राथमिकता दिएको छ भने  युवा स्वरोजगारका लागि कृषि क्षेत्र, पशुपालन, लघु उद्यम, पर्यटन पूर्वाधार विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्तै गाउँपालिकाले गत वर्ष देखि संचालन भइरहेका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखेको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्