गौरीगंङ्गा नगरपालिकाले नीति तथा कार्यक्रम : चालु बर्षको व्यावसायिक करमा २५ प्रतिशत छुट

प्रेम जोशी
कैलाली – गौरीगंङ्गा नगरपालिकाले बुधबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख भिम बहादुर देउवाले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी बर्षका लागि नीति तथा कार्यक्रम गरिएको महत्त्वपूर्ण व्यवस्थाको केही अंश

 

  • प्रत्येक वडा एक बाटो नगर गौरवको योजना, विपद जोखिममा रहेका वर्गलाई न्यून लागतमा एकीकृत आवास र हाल रहेका अस्थायी पुलहरु विस्थापित गरि प्राथमिकताका आधारमा पक्की र झोलुङ्गे पुल निर्माण निमार्ण गरिने
  • विदेशबाट फर्किएका र स्वदेशमा रहेका बेरोजगारलाई सिप अनुसारको उद्यम गर्न एकलाख सम्मको उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने
  • मदिरा बिक्री वितरणमा नियमन र निश्चित ठाउँमा अनुमति दिने (विद्यालय शिक्षा सुधार र विकासका लागि शिक्षा विकास गुरुयोजना तर्जुमा गरि कार्यान्वयन गर्ने
  • २ वटा व्यायाम शाला र खेलकुद पुर्वाधार विकास गर्ने (किशोरावस्थाका विद्यार्थीलाई सघन प्रजनन स्वास्थ्य शिक्षा अभिमुखिकरण गरिने (नगर भित्रका सबै संघसंस्था र कार्यालयमा फोहोर व्यवस्थापन गरि बगैंचा निर्माण गर्न उत्प्रेरित गर्ने
  • नगरपालिकाका बजारमा यात्रु प्रतिक्षालय निर्माण र फ्रि वाईफाई राखिने (नगर भित्रका जोखिमयुक्त स्थानमा सिसि टिभि जडान गरि सुरक्षा व्यवस्था प्रभावकारी बनाईने
  • लैङ्गकि विभेद , जातीय छुवाछूत, समान कामको ज्यालामा हुने भेदभाव र विभेदहरुलाई निर्मुल गर्दै विभेदमुक्त नगरपालिका बनाउने
  • नगर भित्र व्यक्तिहरुले भोगचलन गरेको ऐलानी, प्रति जग्गाको लगत संकलन गरि लालपुर्जा वितरण गरिने (मासिदै गरेको वन क्षेत्रको दिगो विकास तथा बसन्ता जैविक मार्गको संरक्षण गरि “स्वच्छ हावा,स्वस्थ्य व्यक्ति र समाज“ अभियान संचालन गरिने
  •  प्रत्येक पुर्वाधार विकास निर्माण योजनाको बजेटबाट १ प्रतिशत रकम अनिवार्य विपद् व्यवस्थापन कोषमा राख्ने
  • कोभिड (१९ ले पारेको प्रभावलाई मध्यनजर गरि उद्योग व्यावसायलाई चालू बर्षको व्यावसायिक करमा २५ प्रतिशतले छुट दिने र कर भुक्तान गरेका कर दातालाई सो बराबर आ.व. २०७७र०७८ मा छुट दिने
  •  नगरपालिकाका सपिङ्ग कम्पलेक्समा व्यवसाय संचालकलाई हालको बन्दाबन्दिको अवस्था अनुसार २ महिनाको भाडा छुट गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्