दार्चुलाको नौगाड गाउँपालिकाले ल्यायो ४१ करोड ७ लाखको बजेट

दार्चुला – नौगाड गाउँपालिकाले ४१ करोड ७ लाखको बजेट ल्याएको छ ।
बुधबार बसको गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बैठकमा बजेट रु.४१ करोड ७ लाख ४० हजार ३४० को बजेट गाउँसभा प्रस्तुत गरेका हुन् । नेपाल सरकारको सामान्यीकरण अनुदान बाट १० करोड ३५ लाख, शशर्त अनुदानबाट १७ करोड ९लाख, गाउँपालिकाको आन्तिरिक आम्दानीको प्रक्षेपण ६५ लाख, राजश्व बाँडफाँड ६ करोड ९६ लाख ५० हजार ३४०, नेपाल समपुरक अनुदान १ करोड १३ लाख, विशेष अनुदान, २ करोड ५० लाख प्राप्त भएको छ । त्यस्तै प्रदेश वित्तीय समान्यीकरण अनुदान ६९ लाख ८० हजार, राजश्व बाँडफाँड ९ लाख ३१ हजार, सपुरक अनुदान ९९ लाख ६९ हजार, विशेष अनुदान ७० लाख गरि ४१ करोड ७४ लाख ३४० रुपैयाँको बजेट सभामा प्रस्तु गरिएको अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।

उनका अनुसार चालु तर्फ ८ करोड ६६ लाख ९२ हजार ६५४ पूजीगत तर्फ ९ करोड ८६ लाख ८ हजार ६८६ रुपैयाँ विनियोजन गरिएको छ । बजेटमाथीको छलफल पछि असार २७ गते बजेट पारित गरिने अध्यक्ष धामीले जानकारी दिए । त्यस्तै गाउँपालिकाले ससर्त तर्फ १७ करोड ९ लाख, विशेष अनुदान तर्फ ३ करोड १० लाख, समपुरक अनुदान तर्फ २ करोड १२ लाख ७९ हजार खर्च गर्ने कार्ययोजना बनाएको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्