बेदकोट नगरपालिकामा ७२ करोड ४० लाखको बजेट, कृषि, पशुपालन, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

कञ्चनपुर – बेदकोट नगरपालिकाकाले अगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ ।

बुधबार बसेको नगरपालिकाको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए । आगामी आर्थिक वर्षमा स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा परेका छन् ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक सय शैयाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स ,शवबाहन लगायत स्वास्थ्य सामग्री, औषधी, उपकरणका लागि ४ करोड विनियोजन गरिएको छ ।

शित भण्डार (कोल्ड स्टोर) का निर्माणका लागि एक करोड विनियोजन गरिएको छ । स्वास्थ्यका संगै नगर गौरवका आयोजना, कृषि, पशुपालन, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रमुख प्राथमिकता रहेको नगर प्रमुख चन्दले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्