सुनको भाउ प्रतितोला एक लाखको दौडमा

काठमाडौं – बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ । मंगलबार छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजावीको भाउ ९० हजार १६० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस भाउ १७६९.९६ डलर र चाँदी १७.८८ डलरमा कारोबार भएको महासंघले जनाएको छ । आंशिक रुपमा लकडाउन खुले पनि सुनको कारोबार ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । केही ग्राहकहरु भने सुन बिक्रीका लागि पनि पसलहरुमा आएको पाइएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्दा सुनको भाउ असार महिनामै तोलामा एक लाख नाघ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको आंकलन छ । तत्काल कोरोना अन्त्य हुने अवस्था नभएको तथा अमेरिका, यूरोप र दक्षिण एसियाको असर अझै बढ्दै जाँदा अर्थतन्त्र झनै शिथिल बनेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्