वैवाहिक अंगीकृत नागरिकतामाको सात वर्षे प्रावधानबारे जसपाले ७७ वटै जिल्लामा विरोध गर्ने

काठमाडौँ – जनता समाजवादी पार्टीले ७७ जिल्लाबाट नागरिकता सम्बन्धी विधेयकका प्रावधानको विरोध गर्ने भएको छ ।

असार १६ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनता समाजवादीले निर्णय गरेको हो । वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने जनता समाजवादीको भनाइ छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ ।

उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गरेको हो । पार्टीका नेता बाबुराम भट्टराईले वैवाहिक नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने बताए ।उनले वैवाहिक अंगीकृत नागरिकतामा पूरानै प्रावधान कायम राख्नुपर्ने बताएका छन् । जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति निकालेर नागरिकताका प्रावधानबारे जिल्लाबाटै विरोध गर्ने उल्लेख गरेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्