‘हामीले चाँडै नै कोरोनाको भ्याक्सिन पाउँदैछौं’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची बताएका छन् ।

उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘वुहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् ।

ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं… हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’

डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिए र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको बताए । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ ।

यो विषयमा ट्रम्पले भने, ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’ अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उनले बताए ।

अमेरिकामा कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ र मृतकको संख्या १ लाख २३ हजार भन्दा बढी छ ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्