कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशु सहित ४४ जनामा कोरोना संक्रमण

कैलाली – सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १÷१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित ४४ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४३ जना एउटै वडाका हुन् ।

मंगलबार गोदावरी नगरपालिकामा ५ महिने शिशुसँगै ३ र ४ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । योसँगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । जसमा एक जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्