साउदी अरबले हज आयोजना गर्ने, विदेशी नागरिकलाई रोक

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् ।

साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना संक्रमणको महामारीका कारण अन्य देशका हाजीलाई साउदी अरब आउन अनुमति दिइएको छैन ।

साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन् ।

साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन् । कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ ।

इस्लामिक क्यालेन्डर चन्द्रमाको हिसाबमा परिवर्तन भइरहन्छ । तर हज बकर ईदको समयमा हुन्छ । यस पटक हजको आयोजना अगस्टको पहिलो हप्तामा आयोजना हुँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्