सुदूरपशिचममा थपिए १३७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ९७५

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप १३७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण वाट थप ९६ ,सेती प्रादेशिक अस्पतालबाट ४१ को परिक्षण बाट १३७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कृयाशिल संक्रमितको संख्या ९७५ पुगेको छ । यस अघि नै १६५ जना संक्रमित निको भइ घर गइइसकेका छन भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका ७४ पुरुष, ६ महिला ,कञ्चनपुर ५ पुरुष , ३ महिला ,अछाम ४ पुरुष ,३ महिला, बैतडी १३ पुरुष, १ महिला, डडेल्धुरा १३ पुरुष ,५ महिला रहेका छन् ।

त्यसैगरि डोटी ३ पुरुष, ४ महिला, बझाङ्ग २ परुष, १ महिला गरी १३७ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्