विश्वमा कोरोनाः ९० लाख भन्दा धेरै संक्रमित, ४ लाख ७० हजार भन्दा बढीको मृत्यु, ४८ लाख निको भए

काठमाडौँ – विश्वभर कोरोना संक्रमतिको संख्या ९० लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख ४४ हजार भन्दा बढी छ । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । यहाँ २३ लाख ५६ हजार भन्दा धेरै संक्रमित छन् । त्यस्तै दास्रो प्रभावित मुलुक ब्राजिल बनेको छ । झण्डै ११ लाख संक्रमित छन् भने ५० हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वमा रुस, भारत, बेलायत,स्पेन पनि कोरोना भाइसबाट धेरै प्रभावित मुलुकको सूचीमा परेका छन् । कोरोनाबाट विश्वभरी मृत्यु हुनेको संख्या ४ लाख ७० हजार भन्दा धेरै छ । विश्वमा ४८ लाख ३७ हजार उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्